पोखरा महानगरमा राजश्व हिनामिना भएको भन्दै अभियान पोखराद्वारा ध्यानाकर्षण गराइएको छ । आवाज विहिनको आवाज र विकल्प सहितको बिरोध भन्ने मूल नारा बोकेको पोखरा महानगरपालिका केन्द्रित ‘अभियान पोखरा’ ले आज पोखरा महानगरमा ७ करोड ८१ लाख ६ हजार १ सय ३२ रुपैयाँ आम्दानी भन्दा कम सञ्चित भएको सन्दर्भमा पोखरा महानगरका कर अधिकृत, प्रमुख प्रशासकीय अधिकृत लगायतलाई भेटी ध्यानाकर्षण गराएको जनाएको छ ।
महानगरका कार्यबावाह मेयर मञ्जुदेवी गुरुङलाई कार्यब्यस्तताका कारण आज भेट गर्न नसकिएको र प्रमुख प्रशासकीय अधिकृत महेश बरालले मिडियामा आएको बिषयमा अनविज्ञता प्रकट गर्दै महालेखाको प्रतिवेदन अध्ययन गरी एक हप्ता भित्र राजस्व हिनामिनाको सन्दर्भमा महानगरको आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको अभियान पोखराका प्रवक्ता कृष्ण बरालले जानकारी दिए ।
अघिल्लो बर्ष हिसाब नमिलेको १ करोड ७३ लाख ११ हजार ९ सय ७८ रुपैंयाको सन्दर्भमा मेयर मान बहादुर जिसीले प्राइभेट सीए राखेर प्रतिवेदन तयार गर्ने भनी गरेको प्रतिबद्धताको बिषयमा अभियन्ताहरुले प्रश्न गर्दा प्रमुख बरालले प्रतिवेदन तयार गर्न जिम्मा दिइएको सीएले काम गर्न नसकेको साथै सो बिषयमा अख़्तियारले छानबिन गरिरहेको बताएको बरालले जनाए ।
त्यस्तै, महानगरका कर अधिकृत गणेश पाण्डेले अहिले ५ करोड राजस्व बढ़ी उठेको र सो रक़म अघिल्लो बर्ष महालेखा प्रतिवेदन अनुसार नमिलेको १३ करोडबाट घटाएर अब ८ करोड़को हिसाब मिलान गर्न बाँक़ी रहेको बताउँदा आफूहरु चकित परेको अभियान पोखराका कार्यक्रम संयोजक युवराज बरालले बताए । यसलाई उनीहरुले गैरजिम्मेवार जवाफ भनेका छन् ।
अभियानले आइतबार कार्यवाहक मेयर मञ्जुदेवी गुरुङलाई भेटेपछि आवश्यक परे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनले बताए ।

सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो