कास्कीका २ सय ८२ जना जनप्रतिनिधि एमालेमै

कास्कीका २ सय ८२ जना जनप्रतिनिधि एमालेमै

umlemale1615272529_1200

नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीलाई कास्की जिल्लाका कुनै पनि जनप्रतिनिधिले साथ नदिने भएका छन्।

कास्कीबाट निर्वाचित २ सय ८२ जना जनप्रतिनिधि सबैले एमालेमै रहने घोषणा गरेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बताए।

कास्कीबाट एमालेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रत्यक्ष र समानुपातिक गरी २ सय ८२ जना जनप्रतिनिधि रहेका छन्।

आज पोखरामा जनप्रतिनिधिको भेला आयोजना गरेर एमाले अध्यक्ष कृष्ण थापाले कास्कीका एक जना जनप्रतिनिधिले पनि विखण्डनकारीलाई साथ नदिएको बताए।

भेलालाई एमालेका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खगराज अधिकारी र केन्द्रीय सदस्य सिता गिरीले सम्बोधन गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds