खोलाले बगाएर पोखरामा एक पुरुषको मृत्यु भएको छ।
शुक्रबार बिहान अन्दाजी ११ बजेको समयमा पोखरा महानगरपालिका -३२ स्थित बेगनासतालबाट बगेर आएको खुदिखोलाले बगाएर एक पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही स्थान निवासी ६० वर्षीय रमेश मगर रहेका छन्।
प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीका अनुसार खोला तरेर गगनगौंडातर्फ जाने क्रममा खुदिखोलाले अन्दाजी ३० मिटर तल बगाइ रुखमा अड्किएको अवस्थामा स्थानीयले भेटेका थिए।
घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले तत्काल उद्धार गरी शिशुवा अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ