अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं. ५ र १६ का विभिन्न स्थानमा भासिएको छ । केहि दिन देखि निरन्तर परेको वर्षाका कारण वडाका केही क्षेत्रमा भासिएको तथा पोखरा महानगरको वडा ५ र ८ लाई जोड्ने पुल भत्किएको वडाध्यक्ष धन बहादुर नेपालीले जानकारी दिए ।
पुलको आधा भाग बगेको तथा अन्नपूर्ण मार्ग, ज्योति मार्ग धर्मस्थली, खोलेटो लगायतका स्थानमा भासिएको वडाध्यक्ष नेपालीले बताए । वर्षाका कारण उक्त क्षेत्रका दुई घर र सडक अघि भासिएको छ ।
पोखरा वडा नं. १६ का विभिन्न भागमा पनि जमिनमा भ्वाङ परेको छ । गत साता मात्रै महेन्द्रपुल र लेकसाइड, जरेबरमा भासिउको थियो । विहीबार पनि नदिपुरमा भ्वाङ परेको थियो ।
तस्वीरः सामाजिक सञ्जाल मार्फत्
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ