अमेरिकामा आएको बाढीमा परेर एकै परिवारका तीन नेपालीको मृत्यु

अमेरिकामा आएको बाढीमा परेर एकै परिवारका तीन नेपालीको मृत्यु

america

काठमाडौँ । अमेरिकाको न्यु योर्कमा आँधीपछिको बाढीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ ।

न्युयोर्कमा बस्दै आएका सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–२ जुनबेसीका एकै परिवारका तीन जनाको ज्यान गएको युनाइटेड शेर्पा एसोसिएशन (यूएसए) ले जनाएको छ ।

मृत्यु हुनेमा ४९ वर्षीय आङगेलु लामा, उनकी श्रीमती २० वर्षीया मिङमायाङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् ।

न्युयोर्कको उडसाइडस्थित घरको वेसमेन्टमा बस्दै आएका उनीहरुको बेसमेन्टमा पानी भरिएर मृत्यु भएको हो । सुतेको बेला डुबेर मृत्यु भएका उनीहरुको शव सुरक्षाकर्मीले बाहिर निकालेका थिए । उनीहरु १४ वर्षदेखि न्युयोर्कमा बस्दै आएको बताइएको छ ।

अमेरिकाको उत्तर–पूर्वी राज्यहरुमा आइडा आँधीका कारण आएको भीषण वर्षाका कारण बाढी आएको छ । बाढीका कारण न्यु योर्क र न्यु जर्सी सबैभन्दा धेरै प्रभावित भएका छन् ।

बाढीमा परेर अहिलेसम्म ४१ जनाको ज्यान गएको पुष्टि भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ