नेपाल-भारत मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकियो

नेपाल-भारत मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकियो

nepal-vs india

नेपाल -भारत बीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुंगिएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

नेपालका लागि खेलको ३६ औँ नेपालका लागि अन्जन बिष्टले गोल गरेका थिए ।  भारतीय खेलाडीले आफ्नै गोलकिपरलाई पास दिने क्रममा गोल लाइनमा रहेका अन्जनले बल खोसेर खेलको ३६ औँ मिनेटमा गोल गरेका हुन् ।

यस्तै, खेलको ६० औँ मिनेटमा भारतका लागि सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गरेका थिए ।

दुवै टिमले केही राम्रा अवसर पाएपनि सदुपयोग भने, गर्न सकेनन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds