पोखरा । बुधबार बेलुकादेखि परेको अविरल वर्षाले कास्कीका विभिन्न स्थानमा जनधनको क्षति गरेको छ । भलाममा वितण्डा मच्चायो । विहीबार पनि अपरान्हदेखि नै अविरल वर्षा भइरहेको छ ।
पोखरा महानगरपालिका वडा नं. १३ को आर्वामा पनि क्षति पुगेको स्थानिय सागर बरालले जानकारी दिए । निर्माणाधीन बनबाटिका एड्भेञ्चर रिसोर्टमा काम गरिरहेका ८ जना मजदुरहरु मुस्किलले बचेका छन् । राति उनीहरु सुतेकै ठाउँ नजिकै पहिरो गएको थियो ।
स्थायिन युवा व्यवसायी सुनिल सापकोटा र सानु भुजेलले ३ करोड बढी लगानीमा रिसोर्टसहित ग्रीन जोन एग्रो फार्मको योजनामा छन् । रिसोर्टको भौतिक पूर्वाधारको काम भइरहेको छ । फार्ममा कालिज र कुखुरा पालन सुरु भइसकेको छ ।
फार्ममा पहिलो चरणमा ३ सय कालिज थिए । माथिबाट आएको पहिरोले फार्म बगाउँदा कालिज नष्ट भएको छ । भैंसीका लागि तयार पारिएको ३ वटा गोठमध्ये २ वटा पूर्ण रुपमा बगाएको छ । एउटा गोठमा आंशिक क्षति पुगेको सञ्चालक सापकोटाले गण्डकन्यूजलाई जानकारी दिए । यस्तै, लोकल कुखुरा ५ दर्जनजति पालिएकोमा पहिरोले पूर्ण क्षति पुगेको छ ।
रिसोर्टका निर्माण सामाग्रीहरु सहित ४० लाख जति क्षति भएको सापकोटाले बताए । ‘ रिसोर्टमा चाहिँ क्षति पुगिसकेको छैन । फार्ममा क्षति पुगेको हो । रिसोर्टको संरचना निर्माणका लागि आवश्यक सामाग्रीहरु सबै पहिरोले लग्यो ।’ – सापकोटाले भने । फार्ममा कालिज, भैंसी, कुखुरा, बाख्रा पालन गरिने योजनामा सञ्चालकहरु छन् । रिसोर्टसहित जिप साइकल, रोप साइकलको एडभेञ्चर गेमहरु पनि सञ्चालन गरिने योजना छ ।
रिसोर्ट सात-आठ महिनाअघिबाट निर्माण गर्न सुरु भएको हो । रेष्टुरेन्ट तयार भइसकेको छ भने एग्रोको काम पनि ५० प्रतिशत पूरा भइसकेको सापकोटाले बताए ।
यही पहिरोले सापकोटाको फार्म सहित तल बामदेव बरालको कुखुरा फार्ममा पनि क्षति पुगेको छ । यसअघि वर्षाले काहुँखोला-बिजयपुर सडक खण्डमा पर्ने दाद्रोमा ठूलो पहिरो गएर आर्वा जाने बाटो नै अवरुद्ध भएको थियो ।
तस्वीर/भिडियोः सागर बराल
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो