पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भाद्र ३१ गते सम्मका लागि थप गरेको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कास्कीमा संक्रमण दर बढी नै रहेको कारण देखाउँदै त्यसको फैलावटलाई रोक्नका लागि जारी निषेधाज्ञा भाद्र ३१ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी विज्ञप्ति अनुसार अब कास्कीमा सवारीमा जोर विजोर प्रणाली हटेको छ। तर, स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइने छैन, साथै तोकिएका मापदण्डलाई अनिवार्य पालना गर्नुपर्नेछ।
यस्तै, सरकारी तथा निजी, गैर सरकारी संस्थाहरुले गोष्ठी, तालिम, सेमिनार तथा प्रयोगात्मक परीक्षा जस्ता कार्यक्रमहरु प्रशासनलाई जानकारी गराउंदै, स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर बढीमा २५ जना सहभागी भएर कार्यक्रम गर्न सक्नेछन्।
तर, अझैपनि सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लब, दोहोरी साँझ, रंगशाला, फुटपाथ पसलहरु भने खोल्न पाइने छैन भने, संस्कारजन्य कार्यक्रमहरु पनि पार्टी प्यालेस तथा होटलमा संचालन गर्न पाइने छैन।

सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन