पोखरामा वर्षा हुनेबित्तिकै जमिन भासिने क्रम जारी छ । बुधबार रातिको वर्षाले पोखरा ३ नदिपुरमा जमिन भासिएको छ । नदिपुरमामा तीन वटा घरमा क्षति पुगेको छ ।
स्थानिय देउ वहादुर पुन, छवि बहादुर पुन र बल बहादुर पुनको घरमा क्षति पुगेको छ । घर अगाडि आँगनमै भ्वाङ पर्दा गेट भत्किएको छ । सडकको बीचसम्म जमिन चर्किएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रबिन्द्रबहादुर प्रजुले थप क्षति हुन नदिन सबै बैकल्पिक उपाय अपनाउने र भत्किएका घर गेट बाटो चाँडै बनाउन वडा र महानगरपालिकाको तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गतसाता मात्रै अविरल वर्षापछि पोखराको महेन्द्रपुलमै जमिन भासिएको थियो । यस्तै, पोखरा ६, लेकसाईड, जरेवर नजिक घरको बलेसी भासिएर भित्रसम्म भ्वाङ परेको थियो ।
यस्तै, पोखरा ५ मा पनि वर्षाका कारण शिव पौडेलको घरमा क्षति पुगेको छ ।
तस्वीरः पत्रकार दीपेन्द्र श्रेष्ठको फेसबुकबाट
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ