पोखरामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखराका विभिन्न ठाउँमा पहिरोले जनधनको क्षति गरेको हो ।
भलाममा दम्पतीको मृत्यु, छोरा बेपत्ता
पोखरा २०, भलाममा दम्पतीको मृत्यु भएको छ । ब्लकबाट निर्मित एकतले घरमाथि पहिरो झर्दा ४५ वर्षीय कृष्ण श्रेष्ठको मृत्यु भएको छ । उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङ श्रेष्ठको पनि ज्यान गएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार टाउकोमा गम्भिर चोट लागेका कृष्णको उपचारको क्रममा मृत्यु भएको हो । श्रीमती सुनमायाको भने घटनास्थलमै ज्यान गएको हो । दुई छोरामध्ये एक जना वेपत्ताा छन् । एक घाइते भएका छन् । ३ वर्षीय छोरा सन्तोष वेपत्ता छन् भने ९ वर्षीय छोरा राजकुमार घाइते छन् । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
पोखरा ११ मा एकको मृत्यु, ४ घाइते
पोखरा ११ मा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।
भञ्ज्याङ नमुना टोल स्थित ४२ वर्षीय लक्ष्य नेपालीको ब्लकले बनेको घर भत्कँदा नेपालीको मृत्यु भएको हो । उनकी १४ बर्षिया छोरी सृष्टी नेपाली घाइते भएकी छन् । उनको दुबै खुट्टा र ढाँडमा चोट लागेको प्रहरीले जनाएको छ ।
घटनापछि नेपालीलाई उद्धार गरी उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लागिएकोमा राति १ स् २८ मा मृत्यु भएको भएको प्रहरीको भनार्य छ । नेपालीकी श्रीमती र २ छोराहरूलाई सकुशल उद्धार गरी पोखरा ११ फूलबारी स्थित मामाको घरमा पठाइएको छ ।
यस्तै, घर माथिबाट पहिरो आई घर पुरिन जाँदा पोखरा – ११ बसेरीका ४० वर्षीय एकदेव तिमिल्सिना, उनकी श्रीमती ३८ वर्षीया ऋतु र छोरा १९ वर्षीय गिरीश घाइते भएको प्रहरीले जनाएको छ ।
तस्वीरः पत्रकार सूर्य बास्तोला मार्फत्
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो