काठमाडौँ । अफगानिस्तानबाट थप ९ जना नेपाली स्वदेश आइपुगेका छन् । उनीहरु बुधबार कतारबाट काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
केही दिन अगाडि उनीहरुलाई अफगानिस्तानबाट उद्धार गरेर कतार पुर्याइएको थियो । उनीहरुलाई बुधबार कतार एयरको विमानबाट काठमाडौँ ल्याइएको हो ।
हालसम्म अफगानिस्तानबाट ८४७ जना नेपालीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै अझै काबुलमा ३४ जना नेपालीहरु उद्धारको पर्खाइमा छन् । उनीहरुलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको मन्त्रालयले जनाएको छ ।
मंगलबार अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रुपमा फर्किएपछि काबुल अन्तर्राष्ट्रिय विमानस्थल तालिबानले नियन्त्रणमा छ । अझै हजारौं विदेशी नागरिक अफगानिस्तानमा उद्धारको पर्खाइमा रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
काबुल विमानस्थल तालिबानको कब्जामा गएपछि उनीहरुको उद्धार कसरी हुन्छ भन्ने विषयमा अन्योल देखिएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ