पोखारा । पोखरामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– ११ भञ्ज्याङ नमुना टोलका एक जना र पोखरा– २० भलामका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
भलामका कृष्णबहादुर श्रेष्ठको एकतले घर पहिरोले पुरिँदा ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी ३५ वर्षिया श्रीमती सुनमाया तामाङको मृत्यु भएको हो । उनीहरुका तीन वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता छन् ।
यसैगरी, नमूना टोलका लक्ष्य नेपालीको घर पहिरोले पुरिँदा ४२ बर्षिय लक्ष्य नेपालीको मृत्यु भएको छ । उनकी १४ बर्षिया छोरी सृष्टी नेपाली घाइते भएकी छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, पोखरा– ११ बसेरीका एकदेब तिमिल्सिनाको घर पुरिँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा एकदेव, उनकी श्रीमती रितु र छोरा गिरिश रहेका छन् ।
तस्वीरः पत्रकार सूर्य बास्तोला मार्फत्
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ