बाढीले गाडी बगायो- दिदीबहिनीको मृत्यु, दुई जना बेपत्ता

बाढीले गाडी बगायो- दिदीबहिनीको मृत्यु, दुई जना बेपत्ता

jip-badhi-le-bagayo

दाङमा बाढीले जीप बगाउँदा २ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् ।

घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरका दुई दिदिबहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य दुई जना महिलालाई बाढीले बेपत्ता बनाएको छ । चालकको प्रहरीले उद्धार गरेको छ ।

भारतको रुपैडियामा किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो ।

मृत्यु हुनेमा घोराही १३ का ३२ वर्षीया सुशीला श्रेष्ठ र घोराही १४ का ३० वर्षीया राधा श्रेष्ठ कुँवर रहेको दाङका प्रहरी प्रबक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । राधा र शुसीला घोराही उपमहानगरपालिका- १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन् ।

घटनामा घोराही १३ का ४० वर्षीया रितामाया पुन र घोराही १४ का ४२ वर्षीया विमला केसीलाई बाढीले बेपत्ता बनाएको छ । दुबै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ