रंगशाला गेट अगाडि पार्किङमा राखेको बसको ब्याट्री चोर्ने दुई जना पक्राउ

रंगशाला गेट अगाडि पार्किङमा राखेको बसको ब्याट्री चोर्ने दुई जना पक्राउ

battry-chor

पोखरा। पार्किङमा राखेको बसको ब्याट्री चोर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा नं -१० रंगशाला गेट अगाडि पार्किङमा राखेको ना ५ ख २१६९ नं को बसको २ वटा ब्याट्री चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा -९ पृथ्बीचोक बस्ने २१ वर्षीय मनोज गुरुङ र १८ वर्षीय विकास गुरुङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरुले गएको सोमबार अन्दाजी ७:३० बजेको समयमा ‘लिभरगार्ड इनर्जी अनलिमिटेड -१५० Ah’ नाम लेखेको २ वटा ब्याट्री चोरी गरेको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।

पक्राउ परेका दुबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ