कास्कीमा एकीकृत समाजवादी पार्टीको कमिटी गठन

कास्कीमा एकीकृत समाजवादी पार्टीको कमिटी गठन

makune-party

पोखरा । नेकपा (एकीकृत समाजवादी) पार्टीले कास्की जिल्ला र पोखरा महानगर कमिटी गठन गरेको छ ।

पार्टी अध्यक्ष एवं तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमालेमा रहँदा नै जिल्लामा समानान्तर कमिटी गठन गरेकामा आज दुवै कमिटीको संयुक्त बैठक बसेर एकीकृत समाजवादी पार्टीमा रूपान्तरण भएको हो ।

जिल्ला कमिटीमा धनराज आचार्यको अध्यक्षतामा १८५ सदस्यीय जिल्ला कमिटी र मुक्तिनाथ पौडेल अध्यक्ष रहेको १४१ सदस्यीय महानगर कमिटी गठन गरिएको छ ।

जिल्ला कमिटीको सचिवमा होम नेपाली चयन भएका छन् ।

जिल्ला अध्यक्ष आचार्यले यही भदौ १८ देखि २१ गतेभित्र जिल्लाका सबै स्थानीय तह र वडामा पार्टी कमिटी गठन गरिने जानकारी दिए ।

बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, चूडामणि जङ्गली, शारदाप्रसाद सुवेदी र श्रीनाथ बरालको उपस्थिति रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ