भारतमा अज्ञात रोगबाट ५० बढी बालबालिकाको मृत्यु

भारतमा अज्ञात रोगबाट ५० बढी बालबालिकाको मृत्यु

baby-death

काठमाडौँ । भारतको उत्तर प्रदेशमा अज्ञात रोगबाट ५० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । पछिल्लो एक साताको अवधिमा ५० बालबालिकाको मृत्यु भएको जनाइएको छ ।

बालबालिकामा उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, पसिना आउने, जोर्नी दुख्ने, हात र खुट्टामा दागहरु देखा पर्ने लक्षण देखिएको बताइएको छ ।

मृत्यु हुनेमा उत्तर प्रदेशको आगरा, मथुरा, मैनपुरी, एटाह, कासगन्ज र फिरोजाबादका बालबालिका रहेका छन् । मृत्यु भएका बालबालिकामा कोरोना संक्रमण भने नभएको पुष्टी भएको छ ।

उत्तर प्रदेश सरकारले बालबालिकामा पछिल्लो समय देखा परेको यो रोगका बारेमा अनुसन्धान भइरहेको भन्दै डेंगु र लामखुट्टेको टोकाइबाट हुने भाइरलका कारण यो रोग लागेको अनुमान गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ