पोखरा। जबर्जस्ती यौन शोषण गराउन खोज्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -६ खहरेचोक र शान्तिनगरमा होटल तथा रेष्टुरेन्ट संचालन गरी महिलालाई ललाई फकाई प्रलोभनमा पार्ने तथा डर त्रास देखाएर वाध्य पारी यौन शोषणमा लगाउन खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला तारेकश्वर गाउँपालिका वडा नं -४ स्थायी घर भइ हाल पोखरा -६ खहरेचोक बस्दै आएका २७ वर्षीय ‘विशाल’ भनिने विष्णु श्रेष्ठ र इलाम जिल्ला माई नगरपालिका -८ चिसापानी स्थायी घर भइ शान्तिनगरमा रेष्टुरेन्ट संचालन गरी बस्ने २८ वर्षीया अस्मिता राई रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।
हमालका अनुसार श्रेष्ठले पोखरा -६ खहरे चोकस्थित होटल ‘लिटिल ह्यावेन’ संचालन गरी कुकको काममा लगाइदिने भन्दै महिलालाई जबर्जस्ती यौन शोषण गर्न वाध्य पारेको र राईले सोही वडाको शान्तिनगर स्थित ‘ए वान रेष्टुरेन्ट’ संचालन गरी वयटरको काममा लगाईदिने भन्दै महिलालाई जबर्जस्ती यौन कार्यमा लगाउन खोजेको अभियोग छ।
उनीहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट तीन दिनको म्याद थप अनुमति लिएर मानव वेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान शुरु गरिएको प्रवक्ता हमालले जानकारी दिए ।
हाल पीडित महिलाहरुलाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको छ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते