पोखरामा तास खेलिरहेका १४ जना तीन लाख बढी नगदसहित पक्राउ

पोखरामा तास खेलिरहेका १४ जना तीन लाख बढी नगदसहित पक्राउ

tass

कास्की प्रहरीले तास खेलिरहेका चौध जनालाई पोखराको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका -१७ घारीपाटन र पोखरा -१५ सिताराम हाउजिङबाट प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घारीपाटनस्थित राधाकृष्ण मार्ग बस्ने ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेका सात जनालाई नगद २ लाख ५० हजार ६ सय ३५ रुपैयाँ र सिताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका -८ निवासी ५१ वर्षीय लालप्रसाद गुरुङको घरमा तास खेलिरहेका सात जनालाई नगद ८४ हजार ५ सय २५ रुपैयाँ सहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उक्त स्थानहरुमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय वैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा रहेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ