एम्बाप्पे पीएसजीमै रहने पक्का

एम्बाप्पे पीएसजीमै रहने पक्का

Kylian Mbappe-paris-saint-germain psg

किलियान एम्बाप्पे यो सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी)मै रहने भएका छन् ।  युवा खेलाडीलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेपछि उनी यो सिजन फ्रेन्च क्लबमा नै रहने पक्का भएको हो ।

यो सिजन नै एम्बाप्पेलाई भित्र्याउनेमा आशावादी रहेको स्पेनिस महारथीले अन्त्यमा पीएसजीको २० करोड यूरोको माग पूरा गर्न अस्वीकार गरेको गोल डकटमले बताएको छ । यो सिजनको अन्त्यसम्म एम्बाप्पेको पीएजसीसँग करार रहेको छ । अब उनी लियोनेल मेस्सी र नेयमारसँगै खेल्ने छन् ।

यसअघि रियलले एम्बाप्पेलाई अनुबन्ध गर्न पीएसजीसँग दुईवटा अफर गरेको थियो । दोस्रो पटक १७ करोड युरो र थप १ करोड एडअनसहित अफर राखिएको थियो । पहिलो अफर अस्वीकृत भएसँगै गरिएको दोस्रो अफरपछि रियल २२ वर्षीय फ्रेन्च स्ट्राइकरलाई भित्र्याउनेमा ढुक्क थियो । तर, पीएसजीले दुवै अफरलाई अस्वीकार गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ