इजरायल जाने श्रमिकको लिखित परीक्षा भदौ २८ गते

इजरायल जाने श्रमिकको लिखित परीक्षा भदौ २८ गते

israel

काठमाडौँ । इजरायल जान दरखास्त दिएका श्रमिकको परीक्षा भदौ २८ गते हुने भएको छ ।

वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार प्रक्रिया पूरा भएका आवेदकको भदौ २८ गते दिउँसो १ बजेदेखि काठमाडौँ उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक रुपमै लिखित परीक्षा हुनेछ।

बिभागको सूचना अनुसार इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको अङ्ग्रेजी भाषाको लिखित परीक्षा भौतिक उपस्थतीमै हुने भएको हो ।

बिभागका साखा अधिकृत मात्रिका सापकोटाको अनुसार परीक्षाको समयावधि २ घण्टाको हुनेछ । परीक्षार्थीहरु परीक्षाको लागि तोकिएको समयभन्दा तीन घण्टा अगावै परीक्षा केन्द्रमा पुग्नुपर्ने जनाइएको छ ।

वैदेशिक रोजगार विभागले इजरायलका लागि १ हजार कामदार लैजाने भन्दै यही साउन १२ गते देखि ३२ गते सम्म दरखास्त आह्वान गरेको थियो । जसमा १० हजार आवेदन दिएको विभागले जनाएको छ ।

इजरायल रोजगारीमा जाने कामदारले करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds