के गण्डकीमा कोरोना संक्रमणदर घट्दै गएको हो ? संक्रमित भन्दा निको हुने बढी

के गण्डकीमा कोरोना संक्रमणदर घट्दै गएको हो ? संक्रमित भन्दा निको हुने बढी

corona covid gandaki

पोखरा। गण्डकीमा कोरोना संक्रमणदर घट्दै गएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी कोभिड -१९ सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्ला दिनमा गण्डकीमा कोरोना संक्रमणदर घट्दै गएको पाइएको हो ।

यसअघि प्रदेशमा दैनिक एक हजार जनाको नमुना परीक्षणमा पाँच सयको हाराहारीमा संक्रमण पुष्टी हुने गरेकोमा अचेल दुई सय, दुई सय पचासको हाराहारीमा मात्र संक्रमण देखिएको छ । आइतबार र सोमबार त यो संख्या अझै घटेको छ।

यस्तै, पछिल्ला दिनमा गण्डकीमा संक्रमणमुक्त हुनेको संख्यामा पनि वृद्धि आइरहेको छ।

सोमबार गण्डकीका १७० जनामा कोरोना पुष्टि भएको छ।

निर्देशनालयको सोमबार जारी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९४८ जनामा गरिएको नमुना परीक्षणमा थप १७० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका छ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ७३ जना, तनहुँका छ जना, गोरखाका ३० जना र नवलपुरका ३९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका १५ जना र म्याग्दी जिल्लाका सातजनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८१ हजार २७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३०३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७६ हजार ७०३ पुगेको छ।

सोमबार गण्डकीमा तीन जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा स्याङ्गजाका दुई जना र कास्की पोखराका एक जना छन्।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२९३ पुगेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds