काठमाडौँ । सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रिपरिषद्लाई छिटै पूर्णता दिने सहमति भएको छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा सो सहमति भएको हो ।
गठबन्धन दलहरुबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा सहमति भए आजै सम्बन्धित दलले मन्त्री बन्नेको नाम दिने र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।
बैठकमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थिति थियो ।
यस्तै, बैठकमा सत्ता गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे सरकारको अडान प्रष्ट पार्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । गएको साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन फुकाइ दिँदा धामी महाकालीमा खसेर बेपत्ता भएका थिए ।
सो घटनाको अनुसन्धानका लागि सरकारले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । तर छानबिन समितिको प्रतिवेदन अझै पनि सार्वजनिक नहुँदा सरकारको आलोचना भइरहेको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते