अर्जेन्टाइन स्टार लिओनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) को लागि डेब्यु गरेका छन् । त्यसैखेलमा किलिएन एमबाप्पेले दुई गोल गर्दा पीएसजीले रेईम्सलाई २-० ले पराजित गर्दै फ्रेन्च लिग वानमा लगातार चौथो जीत हासिल गरेको छ ।
बार्सिलोनामा दुई दशक बिताएर फ्रि ट्रान्सफरमा पेरिस पुगेका मेस्सीले ३० नम्बरको जर्सी लगाएर पीएसजीका लागि डेब्यु गरेमा हुन् । पहिलो पटक स्पानिस क्लब बार्सिलोना बाहेक अर्को जर्सी लगाएर खेलेका मेस्सीको सम्मानमा खेलमा उपस्थित सबै दर्शक उठेका थिए ।
बेन्चबाट खेलको सुरुवात गरेका मेस्सी ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान प्रवेश गरेका थिए । मेस्सीको डेब्यु खेलमा रियल मड्रिड जाने हल्ला चलिरहेमा एम्बाप्पेले दुई गोल गरेका थिए ।
खेलको १६औं मिनेटमा एन्जल डी मारियाको पासमा पहिलो गोल गरेका एम्बाप्पेले मेस्सी मैदान प्रवेश गर्नुअघि ६३ औं मिनेटमा अच्राफ हाकिमीको पासमा एमबाप्पले दोस्रो गोल गरेका थिए ।
मेस्सीको आगमनपछि नेयमार र एमबाप्पेसँगै नयाँ ट्रिओ बनेको छ । तर उक्त खेलमा भने तीन जनाले सँगै खेल्ने अवसर पाएनन् । लगातार चोथो जीतपछि पीएसजी ४ खेलबाट १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । रेईम्सको तीन अंक मात्र छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते