नागढुङ्गामा फेरि पहिरो, सडक दुईतर्फी नै बन्द

नागढुङ्गामा फेरि पहिरो, सडक दुईतर्फी नै बन्द

Aina Pahara Pahiro6

काठमाडौँ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक पहिरोका कारण आज बिहानै देखि अवरूद्ध भएको छ ।

आज बिहान साढे पाँच बजेतिर नागढुंगा नजिकै चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरोका कारण अहिले दुुईतर्फी नै सडक बन्द भएको छ ।

सडक बन्द हुँदा रात्रि सेवाका बस र अन्य गाडीसहित यात्रु अलपत्र परेका छन् ।

हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । पहिरो पन्छाएर सञ्चालनमा आएको केही घण्टामै फेरि अवरूद्ध भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds