तनहुँमा बाघको छाला, खप्पर, हड्डी लगायतका अंगसहित तीन जना पक्राउ

तनहुँमा बाघको छाला, खप्पर, हड्डी लगायतका अंगसहित तीन जना पक्राउ

tanahu-arrest

तनहुँ । बाघको विभिन्न अंगसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्लाको ब्यास नगरपालिका वडा नं -५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका  तीन जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ब्यास नगरपालिका -६ सिरुवारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ,तनहुँ शुक्लागण्डकी नगरपालिका -१ ओखल्दी बस्ने ४० वर्षीय संजित गुरुङ र शुक्लागण्डकी -१ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट ५ फीट ७ इन्च लम्बाई २ फीट ५ इन्च चौडाई भएको बाघको छाला थान-१, ३ फीट लम्बाई १ फिट ५ इन्च चौडाई भएको बाघको छाला थान १, बाघको बिभिन्न भागको हड्डीहरु सानो ठूलो गरी जम्मा १२२ वटा र नगद ५,५८५ रुपैयाँ समेत बरामद गरेको छ ।

पक्राउ परेका निजहरु माथि “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९” अनुसार मुद्दा दर्ता गरि थप अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds