रियल मड्रिडको संघर्षपूर्ण जित

रियल मड्रिडको संघर्षपूर्ण जित

real madrid

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल बेटिसमाथि कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले बेटिस क्लबलाई १-० ले हराएको हो ।

रियलको जितमा ड्यानी कार्भाजलले ६१ औं मिनेटमा विजयी गोल गरेका थिए । करिम बेन्जिमाको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् ।

केलियन एम्बाप्पे रियल आउने चर्चाका बीच रियलले संघर्षपूर्ण जित निकालेको हो । रियलले ७ अंक सहित शीर्ष स्थान कब्जा गरेको छ । दोस्रो स्थानमा रहेको सेभिल्लाको समान अंक छ । रियल बेटिस २ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ