राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

dev

काठमाडौँ । नेपालको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् ।

वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएका हुन् ।

सेप्टेम्बर १३ देखि २० सम्म हुने नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक सिरिज मुख्य प्रशिक्षकबाट बिदा लिन चाहेको उनले उल्लेख गरेका छन् ।

वाटमोरले व्यक्तिगत कारणलाई देखाउँदै राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्रिकेट संघले वाट्मोरलाई २ पुस २०७७ मा एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

श्रीलंकालाई विश्वकप जिताएका प्रशिक्षक वाट्मोर नेपाल आउनु अघि सिंगापुरको प्रशिक्षक थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ