नेपालीहरूको मुख्य चाडपर्व नजिकिँदै गर्दा सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको अभाव हुँदै गएको छ ।
कर्पोरेशनले बजारमा चिनी अभाव हुन नदिनका लागि आयात गरी आपूर्ती सहज बनाउँदै आएको छ । तर, बजारमा चिनी अभाव हुँदै गर्दा अर्थमन्त्रालयले चिनी ल्याउनका लागि हालसम्म अनुमति दिएको छैन ।
सामान्यतया दशैंतिहार लक्षित गरी सरकारले करिब दुई महिना अगाडि नै अनुमति पाएर टेन्डर आह्वान गर्नुपर्ने हुन्छ । त्यसमा टेन्डर आह्वान गरी ल्याउनका लागि कम्तीमा पनि ४५ दिन लाग्छ ।
कर्पोरेशनले बारम्बार चिनी आयातका लागि अनुमतिको लागि सहमति पत्र बुझाए पनि सरकारले वेवास्ता गरेपछि यो वर्षको दशैंतिहारका लागि चिनी ल्याउन नसक्ने भएको छ । त्यसैले यो वर्षको चाडपर्वमा चिनी ल्याउन नसक्ने अवस्थामा पुगेको कर्पोरेशनमा बजार प्रबन्धक प्रज्वल प्रधान बताउँछन् ।
कर्पोरेशनले गत वर्षको भदौमा ५० हजार मेट्रिक टन आयात गर्नका लागि अनुमति मागेको थियो । त्यसमा गत वर्षको दशैंअघि कर्पोरेशनले २० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार मेट्रिक टन गरी ३० हजार मेट्रिक टन चिनी आयात गर्नको लागि अनुमति पाएको थियो ।
त्यसमा कर्पोरेशनले २० हजार मेट्रिक टन आयात गरेको थियो भने व्यापार कम्पनीले १० हजार मेट्रिक टन आयात गर्न ढिला हुने भन्दै आयात गरेको थिएन ।
कर्पोरेशनले अत्यधिक खपत हुने चिनी चाडपर्वलाई लक्षित गरी अनुदानमा भन्सार सहुलियतमा आयात गर्दै आएको थियो । दशैं आउन करिब डेढ महिना मात्रै बाँकी छ ।
सम्बन्धित खबर
बढ्यो सुनचाँदीको मूल्य
सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो
सुन प्रतितोला १२ सयले बढ्यो
सुनको मूल्य तोलामा २ हजार ७ सयले घट्यो
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
सुनको मूल्य तोलाको १ लाख ७० हजार नाघ्यो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने