पोखरा । गण्डकन्यूज डटकमका प्रबन्ध निर्देशक गोविन्दप्रसाद देवकोटालाई मातृशोक परेको छ । देवकोटाकी ममतामयी आमा धनमाया देवकोटाको ७३ वर्षको उमेरमा विहीबार बेलुकी निधन भएको हो ।
पछिल्लो समय अस्वस्थ देवकोटाको पोखरा महानगरपालिका वडा नं. २१ कृस्ति स्थित आफ्नै निवासमा निधन भएको परिवारले जानकारी दिएको छ ।
मातृशोकमा परेका निर्देशक देवकोटा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष, पोखरा जेसीजका पूर्व अध्यक्ष, सिद्धार्थ इन्स्योरेन्स पोखराका प्रबन्धक, लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२१ बी १ का जोन चेयर पर्सन पनि हुन् ।
स्वर्गीय देवकोटाको जन्म २००५ मा भएको हो । देवकोटाको शुक्रबार नै हिन्दु संस्कार अनुसार अन्तिम अन्त्येष्टि गरिएको छ ।
गण्डकन्यूज डटकमले प्रबन्ध निर्देशक गोविन्द प्रसाद देवकोटासहित दाइहरु कृष्ण देवकोटा, टीकाराम देवकोटाकी ममतामयी आमा धनमाया देवकोटाको ७३ वर्षको उमेरमा स्वर्गारोहण भएको खबरले मर्माहत भएको जनाउँदै श्रद्धाञ्जली व्यक्त गरेको छ । संस्थाका अध्यक्ष रञ्जन अधिकारीले आमाको बैकुण्ठ बासको कामना गर्दै देवकोटा परिवारमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो