पर्वत । रोजगारीका लागि कुवेत पुगेकी पर्वतकी एक महिलाको मृत्यु भएको छ ।
पर्वतको कुस्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत ४२ वर्षीया पुतली परियारको मृत्यु भएको हो ।
परियारको २४ अगस्ट, २०२१ अर्थात मंगलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृत्युको कारणबारे खुलेको छैन ।
नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ । राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उनले सन् २०१४ मा साउदी अरबका लागि श्रम स्वीकृति लिएको देखिएको छ । उनी अहिले अवैधानिकरूपमै कुवेतमा काम गर्दै आएको दूतावासले जनाएको छ ।
दुतावासमा परियारको मृत्यु प्रमाण पत्र भने आईसकेको छैन । पुतली परियारको परिवार वा आफन्तहरुलाई कानुनी प्रकृयालगायतमा सहजिकरणका लागि नेपाली राजदूताबासको सम्पर्कमा आउन आग्रह गरेको छ । कुवेतको हटलाइन नं– ००९६५–९८८६९१२१ मा सम्पर्क गर्न दूताबासले अनुरोध गरेको छ ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते