तीन दिन भारी वर्षा हुने, सचेत रहन आग्रह

तीन दिन भारी वर्षा हुने, सचेत रहन आग्रह

mausam

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरेको छ ।

आगामी शनिवारसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पहाडी भू–भागमा भू–क्ष्य, पहिरो तथा गेग्रान बहावको जोखिम रहकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो ।

हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले अबको तीन दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो तीन दिनमा बाढी पहिरो, डुवान र कटानको जोखिम पनि देखिएकाले सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानी तहलाई खबर गर्न अनुरोध गरेको छ ।

विपद्को समयमा जेष्ठ नागरिक,अपांगता भएका व्यक्ति, महिला ,बालबालिकाको विशेष ध्यान राख्न सबैलाई अनुरोध गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds