सन्दीप लामिछानेले होबार्टबाटै बिग बास खेल्ने

सन्दीप लामिछानेले होबार्टबाटै बिग बास खेल्ने

sandip

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् ।

अष्ट्रेलियन फ्रेन्चाईज टिम होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरिएको जनाएको छ ।

सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए । गएको सिजनमा उनले होबार्टका लागि ८ खेलमा ८ विकेट लिएका थिए । त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए । त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए । सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

बिग बासको नयाँ सिजन आउँदो डिसेम्बर ५ तारिखदेखि २०२२ को जनवरी २८ तारिखसम्म हुने छ । सन्दीप अहिले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि ओमानमा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ