रहेनन् जनगायक जेबी टुहुरे

रहेनन् जनगायक जेबी टुहुरे

tuhure

काठमाडौँ । जनवादी गायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको ७८ वर्षको उमेरमा आज (बिहीबार) निधन भएको छ ।

बिहीबार मध्याह्न साढे १२ बजे उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा टुहुरेको निधन भएको हो ।

भदौ १ गते मस्तिस्कघात भएपछि उनलाई अस्पताल लगिएको थियो।

टुहुरेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने जनाइएको छ।

लामो समय एमालेमा रहेका उनी पछि संविधान सभा सदस्य एवं माओवादी निकट जनसांस्कृतिक महासंघका संरक्षक थिए।

टुहुरेको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भइ’, ‘बसाइँ हिँड्नेको ताँतीले’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ लगायत गीत चर्चित छन्। उनले १५० भन्दा बढी गीत गाएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds