प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त, शपथग्रहण सम्पन्न

प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त, शपथग्रहण सम्पन्न

bhim acharya sapath

काठमाडौँ । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद भीम आचार्य नियुक्त भएका छन् । उनले आजै प्रदेश प्रमुख सोमनाथ प्यासीसँग शपथ पनि लिएका छन् ।

निवर्तमान मुख्यमन्त्री शेरधन राईले आजै संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। साथै, प्रदेश प्रमुख प्यासीलाई पनि मुख्यमन्त्रीबाट राजीनामा बुझाएका थिए।

आचार्यलाई आजै एमालेले संसदीय दलको नेतामा चयन गरेको थियो। यसअघि शेरधन राईसँग २ मत अन्तरले पराजित भएका आचार्यलाई राईकै समर्थनमा पुन: संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

संसदीय दलको नेता बने लगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले सपथ पनि लिएका हुन्। उनी संविधानको धारा १६८(१) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।

२०७४ माघ २६ गते भएको संसदीय दलको नेतामा राईले आचार्यलाई संसदीय दलको नेतामा पराजित गर्दै मुख्यमन्त्री भएका थिए। त्यतिबेला राईले २६ मत ल्याएका थिए। आचार्यले भने २४ मत पाएका थिए। ५१ मत मध्ये एक मत बदर भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds