नेकपा एमाले केपी शर्मा ओलीको पेलानमा परेका गण्डकीका माधव नेपाल पक्षका नेताहरु अन्ततः माधव नेपाल छाडेर ओलीसँगै बस्ने भएका छन् ।
पार्टी विभाजन गरी वरिष्ठ नेता नेपालले नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बनाएपछि एमालेका नेताहरूको पार्टी रोज्ने क्रम तीव्र बनिरहँदा गण्डकीका तीन नेताहरु पार्टी नछाड्ने भएका हुन् ।
गण्डकीका एमाले नेताहरु श्रीमाया थकाली, सीता गिरी ओली र रवीन्द्र अधिकारी पहिलोपटक सहित यसअघि नेपाल पक्षमा रहेका एमालेका २० जना केन्द्रीय सदस्य ओलीतर्फ लागेको बुझिएको छ ।
अदालतले पार्टी पुनःस्थापना गरेयता ती नेताहरु आज पहिलोपटक ओली नेतृत्वको एमालेको बैठकमा सहभागी हुने बताइन्छ । भानुभक्त जोशी, झपट रावल, राजबहादुर बूढा, ठाकुर गैरे, निरज आचार्य,माधव अर्याल, सुरेन्द्र मानन्धर, अरुण नेपाल, रचना खड्का, रविन कोइराला, परशुमेघी गुरुङ, जीवन घिमिरे, धर्म निरौला, यज्ञराज सुनुवार, नरेश खरेल, हरिबहादुर राई र भाष्कर काफ्ले एमालेमै रहने भएका छन् ।
लामो समय नेपाल पक्षमा रही माधव नेपाल पक्षलाई उचालेर हिँडेका र ओलीलाई असाध्यै तल्लो स्तरसम्म पुगेर गालीगलौजमा उत्रेका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, रघु पन्त, गोकर्ण विष्ट, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम आचार्य, सुरेन्द्र पाण्डे लगायत १० नेता एमाले पुनःस्थापनायता पहिलोपटक स्थायी कमिटीको बैठकमा सहभागी हुँदै आफूलाई ओली पक्षमा समाहित गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते