शेरधनले आज राजीनामा दिँदै, भीम आचार्यलाई प्रदेश १ का मुख्यमन्त्री बनाउने एमालेको तयारी

शेरधनले आज राजीनामा दिँदै, भीम आचार्यलाई प्रदेश १ का मुख्यमन्त्री बनाउने एमालेको तयारी

bhm-sher

शेरधन राईले प्रदेश १ को मुख्यमन्त्री पदबाट आज पदबाट राजीनामा दिने भएका छन् । उनको स्थानमा माधव नेपाल समूह छाडेर बसेका भीम आचार्यलाई नियुक्त गर्ने एमालेको तयारी छ ।

एमाले संसदीय दलको नेता परिवर्तन गरेर शेरधनले राजीनामा दिने र आजै अपरान्ह्रसम्म मुख्यमन्त्रीमा आचार्यलाई प्रदेश प्रमुखबाट नियुक्त गराउने तयारी एमालेको छ । अहिले प्रदेश १ एमाले संसदीय दलको बैठक बसेको छ ।

बाग्मती प्रदेशमा जस्तै मुख्यमन्त्रीलाई राजीनामा गराएर नयाँ मुख्यमन्त्री नियुक्त्त गरेर आफ्नो बहुमत कायम राख्नका लागि प्रदेश १ मा एमालेले तयारी थालेको हो । यद्यपी, पार्टी फुटिसकेकाले माधव नेपाल समूह विपक्षी गठबन्धनमा रहेकाले विश्वासको मत नपाउने निश्चित जस्तै छ । यसो हुँदा बढीमा एक महिनामात्र आचार्य पदमा रहन सक्नेछन् ।

अष्टलक्ष्मी माधव नेपालको पार्टीमा नलागे उनी पनि मुख्यमन्त्रीबाट हट्ने निश्चित छ । मुख्यमन्त्री बन्न भनेरै प्रदेशमा टिकट लिएर जितेका राजेन्द्र पाण्डेले समेत त्यसको जनाउ गरिसकेका छन् । चन्द्रागिरीाबाट माधव नेपालले पनि अब अष्टलक्ष्मी पदमा कायम रहने नरहने उनकै निर्णयमा निहित रहेको स्पष्ट पारेका थिए । प्रदेश १ को अवस्था पनि बागमती जस्तै हुनेछ । माधव नेपाल समूहबाट राजेन्द्र राई मुख्यमन्त्री बन्न सक्न्छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ