पार्टी विभाजन पछि पहिलोपटक एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

पार्टी विभाजन पछि पहिलोपटक एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

UML Meeting

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बस्दै छ । पार्टी विभाजन भएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।

एमालेबाट विद्रोह गरि वरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी निर्माण गरेका छन्। उक्त पार्टीले बुधबार दल दर्ताको प्रमाणपत्र पाएको छ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजे बैठक बस्दैछ ।

बैठकमा यसअघि स्थायी कमिटी बैठकले गरेका निर्णयहरु अनुमोदन हुनुका साथै पार्टी विभाजनपछि उत्पन्न परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल हुने कार्यसूचि छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds