कास्कीमा भाद्र १८ गतेसम्म निषेधाज्ञा लम्बियो, सवारीमा जोर विजोर यथावत

कास्कीमा भाद्र १८ गतेसम्म निषेधाज्ञा लम्बियो, सवारीमा जोर विजोर यथावत

jilla-prashan

जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञालाई थप आठ दिन लम्ब्याएको छ।

प्रशासन कार्यालयले कोरोना संक्रमणदर र मृत्युदरमा क्रमिक वृद्धि आएको भन्दै जारी निषेधाज्ञालाई भाद्र १८ गते राति १२ बजेसम्मका लागि लम्ब्याएको हो।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी आदेश अनुसार निषेधाज्ञाभर सबै प्रकारका सभा सम्मेलन, गोष्ठी सेमिनार, तालिम संचालन गर्न तथा मानिसहरु भेला हुन तथा भीडभाड गरेर सभा जुलुस तथा जात्रा निकाल्न पाइने छैन।

यस्तै पार्टी प्यालेस, होटल रेष्टुरेन्टहरुले भीडभाड जन्य गतिविधी हुने कुनै पनि किसिमका कार्यक्रमहरु बुकिङ गर्न पाउने छैनन् भने, जिल्ला भित्र संचालन हुने निजी तथा सार्वजनिक सवारीमा जोर विजोरलाई निरन्तरता दिइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds