मनकामना केबलकार भदौ १५ देखि सञ्चालनमा आउने

मनकामना केबलकार भदौ १५ देखि सञ्चालनमा आउने

Cablecar Manakamana

मनकामना केबलकार भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी भइरहेको छ ।

आगामी भदौ १५ गतेदेखि केबलकार सञ्चालनका लागि सरोकारवालासँग आवश्यक छलफल समेत भइसकेको प्रालिका नायव प्रबन्धक उज्वल सेरचनले बताए । ‘साउन ३० गते वडा कार्यालयमा जनप्रतिनिधिसहित सरोकारवालाहरुसँग बैठक बसेका थियौ,’ उनले भने, ‘मन्दिर नखुलेपनि केबलकार सञ्चालन गर्ने कुरामा सबै सहमत हुनुभयो ।’

प्रशासनसँग आवश्यक समन्वयका लागि मनकामना मन्दिर क्षेत्र विकास समितिलाई जिम्मा दिइएको उनले जानकारी दिए ।

सरकारले लकडाउन नगरेमा भदौ १५ बाट केबलकार सेवा सञ्चालन गर्ने गरी तयारी भइरहेको उनले बताए ।

‘असार महिनादेखि चन्द्रागिरि केवलकार सञ्चालनमा आइसक्यो, सार्वजनिक यातायात लगायतका अन्य क्षेत्रहरु पनि खुलिसके, ११ गतेपछि गोरखाको निषेधाज्ञा पनि केही खुकुलो होला, सबै क्षेत्र खुलिसक्यो केबलकार मात्र के बन्द गर्ने भनेर सञ्चालन गर्न लागेका हौ,’ उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds