शुक्रबार पोखराका विभिन्न ८ स्थानमा भेरोसेल दोस्रो मात्राको खोप लगाइने

शुक्रबार पोखराका विभिन्न ८ स्थानमा भेरोसेल दोस्रो मात्राको खोप लगाइने

pkr khop aviyan2

पोखराका विभिन्न स्थानमा शुक्रबार भेरोसेल दोस्रो मात्राको खोप लगाइने भएको छ।

पोखरा महानगरपालिका स्वास्थ्य माहाशाखाका अनुसार साउन २२ गते भन्दा अगाडि भेरोसेलको पहिलो मात्राको खोप लगाएकाहरुलाई विभिन्न ८ स्थानमा दोस्रो मात्राको भेरोसेल खोप लगाइने भएको हो।

खोप लगाइने केन्द्रहरुमा शहरी स्वास्थ्य केन्द्र -१ बगर, अमरसिंह मावि, जनप्रकाश मावि भण्डारढिक, वाराही मावि मालेपाटन, जनप्रिय मावि सिमलचौर, नव प्रभात मावि नयाँबजार, कन्या मावि नदीपुर र श्रीराम मावि सिमलचौर रहेका छन्।

उक्त केन्द्रहरुमा महाशाखाले उल्लेख गरेका यातायात कम्पनीका चालक सहचालक,  पर्यटन वाहन, ग्यास, पानी, डेरी र पेट्रोलियममा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, सरकारी कर्मचारी, पत्रकार संचारकर्मी र सुरक्षाकर्मीहरुलाई खोप दिइने छ।

खोप लगाउन जाने सबैले अनिवार्य खोप कार्ड लिएर जानुपर्नेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ