काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जारी गरेको अध्यादेश असंवैधानिक भएको टिप्पणी गरेका छन् ।
सरकारले संविधानको मर्मविपरित कुनै दल विशेषलाई फुटाउने नियत राखेर अध्यादेश ल्याएकोमा आपत्ती जनाए ।
‘मेरो पालामा पनि अध्यादेश ल्याएको हो, तर मध्यरातमा संसद अधिवेशन अन्त्य गरेर भोलिपल्टै अध्यादेश ल्याएको थिइनँ,’ च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, ‘देश र जनताका लागि अत्यावश्यक परेका बेला अध्यादेश ल्याउन पाइन्छ तर एमालेलाई विभाजन गर्न सोधेरै कति प्रतिशत राख्दा हुन्छ भनेर अध्यादेश ल्याइयो ।’
कुनै पार्टी विशेषलाई फुटाउने ढंगले आफूले अध्यादेश जारी नगरेको उनले दाबी गरे।
‘कुनै पार्टीभित्र असाधारण अवस्था थिएन। कुनै पनि पार्टी फुट उन्मुख थिएन। हामीले दल र संसद् भनेका थियौं। त्यो हुँदा के अप्ठ्यारो भयो भयो नेताले चाह्यो भने डेढ सयलाई १५ सय बनाइदिएपछि कसरी विभाजन हुन्छ?,’ ओलीले भने, ‘त्यसैले अमूर्त बनाउनुहुँदैन भनेर वा राखिएको थियो। सांसदको स्वतन्त्रको अधिकारको व्यावहारिक कार्यान्वयनका लागि अध्यादेश ल्याइएको थियो। अहिले त्यस्तो स्थिति हो र? १२ बजे राति अधिवेशन अन्त्य हुन्छ, भोलिपल्ट अध्यादेश आउँछ।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते