माछा मार्ने क्रममा खोलाले बगाएर पोखरामा एक पुरुषको मृत्यु

माछा मार्ने क्रममा खोलाले बगाएर पोखरामा एक पुरुषको मृत्यु

dead

पोखरामा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ।

मंगलबार दिउँसो अन्दाजी २ बजेको समयमा पोखरा महानगरपालिका -२९ स्थित बरुवा खोलामा माछा मार्ने क्रममा खोलाले बगाएर पोखरा -३१ खूदी बस्ने ५० वर्षीय धन बहादुर गुरुङको मृत्यु भएको हो ।

गुरुङलाई खोलाले बगाएको सूचना लगत्तै इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी नायव उपरीक्षक महेन्द्र मरासिनीको कमाण्डमा खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा बगाएको स्थानबाट अन्दाजी ५ किलोमिटर तल सोही वडाको मुसेटुडा भन्ने स्थानमा मृत अवस्थामा फेला पारेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले गण्डक न्युजलाई बताए ।

हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ