काठमाडौँ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।
उनीहरुले पार्टीले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रूप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायत माग गरेका छन् ।
धर्नामा पार्टीका केन्द्रीय नेताहरू अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्त, गगनकुमार थापालगायतले ऐक्यबद्धता जनाएका थिए । यसअघि यही भदौ ५ गते जिल्ला सभापतिका तर्फबाट काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्रमार्फत यो मागका बारेमा जानकारी गराएका थिए ।
यसैबीच, सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सहमति गरेर हिजो सोमबार साँझ क्रियाशील सदस्यता विवाद टुंगो लागेको घोषणा गरिएको थियो । सिटौलाले देउवा र पौडेललाई क्रियाशील सदस्यहरुको प्रतिवेदन बुझाएका थिए । तर मंगलबारै पौडेल पक्षीय जिल्ला सभापतिहरु धर्नामा बसेका हुन् ।
जिल्लाले सिफारिश गरेभन्दा फरक नामावली र संख्या स्वीकृत गरिएको आशंका गर्दै उनीहरु धर्नामा बसेका हुन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते