टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती विभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट खसेकी हुन् ।
कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट लडेकी हुन् । सूर्यास्त भइरहेको समयमा आकाशको लोभलाग्दो दृश्यलाई सेल्फीमार्फत कैद गर्ने क्रममा उनी खसेकी थिइन् । अर्पाटमेन्टबाट १ सय ६० फिट तल सडकमा खसेकी उनको घटनास्थलमै मृत्यु भएको थियो ।
अर्पाटमेन्टबाट खस्नुअघि कुब्राले आफ्ना भतिजासँग विभिन्न पोजमा सेल्फी खिचेकी थिइन् । स्थानीय समयअनुसार साँझ साढे सात बजे अपार्टमेन्टको छानोको छेउमा गएर तस्वीरका लागि पोज दिँदा उनी खसेकी थिइन् ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते