रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु पार्टी मुख्यालयमा धर्ना बस्दै

रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु पार्टी मुख्यालयमा धर्ना बस्दै

nepali Congress-Karyalaya

काठमाडौँ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै पार्टी मुख्यालयमा धर्ना बस्ने भएका छन् ।

हिजो साँझ सभापति शेरबहादुर देउवालाई बुझाइएको क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै उनीहरु आज पार्टी मूख्यालय सानेपामा धर्ना बस्न लागेका हुन् ।

सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सहमति गरेर सोमबार साँझ क्रियाशील सदस्यता विवाद टुंगो लागेको घोषणा गरिएको थियो । सिटौलाले देउवा र पौडेललाई क्रियाशील सदस्यहरुको प्रतिवेदन बुझाएका थिए ।

तर जिल्लाहरुले सिफारिस गरेको भन्दा फरक नामावली र संख्या स्वीकृत गरिएको आशंका उनीहरुले गरेका छन् । आज बिहान ११ बजेदेखि १ घण्टा सांकेतिक रुपमा धर्ना दिने र त्यति गर्दा पनि नसुने थप सशक्त रुपमा उत्रिने तयारी जिल्ला सभापतिहरुको छ ।

यसअघि पनि क्रियाशील सदस्यता विवादका कारण नेता, कार्यकर्ताहरु धर्नामा बस्दै आएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds