काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको छ । क्रियाशील सदस्यताकै कारण महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएकोमा सोमबार नेताहरुले सहमति जुटाएका हुन् ।
सोमबार साँझ क्रियाशील सदस्यता छानबिन समितिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन गएराति सभापति देउवालाई बुझाएको हो । देउवा निवास बूढानीलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदन बुझ्दै बुझ्दै सभापति देउवाले महाधिवेशन निर्धारित मितिमा हुने बताए ।
साउन ३० को केन्द्रीय कार्यसमिति बैठकले भदौ २ सम्म सहमति गरी भदौ ३ मा सभापतिलाई प्रतिवेदन बुझाउन भनेको थियो । तर तीन नेता सम्मिलित कार्यदलले पाँच दिन ढिलो गरी सहमति जुटाएको हो ।
कांग्रेसले भदौ १८ मा वडा अधिवेशनको मिति तय गरेको छ । स्थानीय अधिवेशन सुरु हुन ११ दिन बाँकी रहँदा नेताहरुले क्रियाशील सदस्यता विवाद टुंग्याएका हुन् । कांग्रेसले मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गसिकेको छ । अधिवेशनका लागि निर्वाचन समितिले पनि काम शुरु गरिसकेको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने