गण्डकीका कानुनमन्त्री थापाद्वारा सांसद हुँदा झैं तलबभत्ता सामाजिक सेवामा

गण्डकीका कानुनमन्त्री थापाद्वारा सांसद हुँदा झैं तलबभत्ता सामाजिक सेवामा

bindukumar

गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिक बापतको रकम सामाजिक सेवामा खर्च गरेका छन्।

उनले शनिबार पोखरा ३३ भरतपोखरीका युवाहरुलाई १५ थान भलिबल र जाली हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै मन्त्री थापाले खेलकुद सामग्री आफुले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिकबाट प्रदान गरेको जानकारी दिए। उनले भने, ‘म सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलबभत्तामा केही आफुले पनि थपेर सामाजिक सेवासँगै विकास निर्माण कार्यमा समेत खर्च गर्दै आएको छु।

मन्त्री थापाले नेपाली कांग्रेसको सरकार आएपश्चात् पोखरा-३३ को विकासका लागि बजेट विनियोजन गर्न सफल भएको र हाल सोही अनुरुपको काम भइरहेको बताए। सरकारी निवाससमेत प्रयोग नगरी आफ्नै घरमा बसेका मन्त्री थापाले सरकारको खर्च कटौती गरी विकास निर्माणका कार्यमा आफु समर्पित हुने प्रतिबद्धता जनाए।

२०७५ सालमा उनले १० लाख ५४ हजार रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरेका थिए । त्यतिबेला उनले सांसदको हैसियतमा ७ लाख रुपैयाँ ९ हजार रुपैयाँ पाएका थिए । उक्त सुविधामा व्यक्तिगत साढे तीन लाख रुपैयाँ थप गरेर सामाजिक क्षेत्रमा खर्च गरेका थिए ।

२०७६ सालमा पनि उनले प्रदेश सभा सचिवालयबाट आएको ८ लाख ५९ हजार रुपैयाँसहित आफूले थप गरी १२ लाख ४७ हजार रुपैयाँ विकास निर्माणको काममा खर्च गरेका थिए ।

अहिले उनै थापा प्रदेशको मन्त्री बनेका छन् । मन्त्री बनेपछी आवास सुविधा नलिने निर्णय गर्दै आफ्नो निवास नै भेटघाटको लागि खुला गरेका छन् । आफूले व्यक्तिगत सुविधा नलिने, पाउने सुविधा जनताका लागि खर्च गर्ने प्रतिबद्धता उनले दोहो¥याएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ