पोखरामा वर्षाका कारण कालिज फार्ममा पालिएका ६११ वटा कालिज मरेका छन् । आइतबार साँझदेखि परेको लगातारको वर्षाका कारण पोखरा महानगरपालिका वडा नं -११ काहुँ स्थित ‘ससु कालिज फार्म’ मा रहेका ६११ वटा कालिज मरेको सञ्चालक सुवास गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार एक दिन अघि मात्र चल्लालाई फार्ममा ल्याएर खुला स्थानमा छाडिएको थियो। उनले भने -‘गर्मीमा हुर्केका चल्लाहरू एक्कासि रातभरको पानीमा पर्दा यसरी मरेछन् ।’
आफूले व्यावसायिक रूपमा कालिज पालन गर्ने उद्देश्यले ११ सयको संख्यामा चल्लाहरू ल्याएर राखेकोमा एक दिन अघि मात्र कालिज फार्ममा ९३० वटा कालिजको चल्ला हालेकोमा ६११ वटा चल्ला मृत भेटिएको सञ्चालक गुरुङले बताए । उनका अनुसार १७० चल्ला भने हुर्काउने क्रममै त्यस अघि नै मरेका थिए । हाल करिब तीन सयको संख्यामा मात्र फार्ममा कालिज रहेका छन् ।
सञ्चालक गुरुङका अनुसार झन्डै चार महिनाका कालिजहरू मरेपछि करिब १७ लाख बराबरको नोक्सानी भएको उनले बताए। “अहिले बिक्री गर्दा पनि प्रतिगोटा २५ सय पर्थ्यो, अहिलेसम्मको दाना, पानी, वत्ती, मेहनत र लगानी जोड्दा पनि त्यत्ति खर्च भेट्ने उनले बताए ।”
सम्बन्धित खबर
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन