काठमाडौँ । नेकपा एमालेका तेस्रो धारका नेताहरु अन्ततः एमालेमै रहने भएका छन् । माधव नेपालको साथ छाडेर मध्यमार्गी भूमिकामा बसेका नेताहरू र अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा आज सोमबार भएको छलफल सकरात्मक भएकाले उनीहरु एमालेमै रहने भएका हुन् ।
सोमबार ओलीसँग छलफलका लागि उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिब घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बालकोट पुगेका थिए ।
यसअघि माधवकुमार नेपाल निकट रहेका उनीहरु पार्टी विभाजनमा भने तथस्ट बसेका थिए ।
मंगलबार नेता नेपालको नेतृत्वमा नयाँ पार्टी नेकपा (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा सनाखत हुँदैछ । त्यसअघि नै यसअघि नै कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने भन्दै तेस्रो धारका नेताहरुले अध्यक्ष ओलीलाई अल्टिमेटम दिएका थिए । सोही अनुसार सोमबार भएको छलफल सकरात्मक भएपछि उनीहरु अब एमालेमै रहने भएका हुन् ।
आजको सहमतिअनुसार एमालेका केन्द्रदेखि टोलसम्मका सबै कमिटी २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्कनेछन् । यस्तै नवौँ महाधिवेशनपछि नेताले जे जिम्मेवारी पाएका थिए ती सबै जिम्मेवारी पनि पुनः क्रियाशील हुने बताइएको छ ।
यससँगै अध्यक्ष ओलीले मंगलबारका लागि स्थायी कमिटी बैठक बोलाएका छन् । तेस्रो धारका नेताहरु मंगलबार स्थायी कमिटीको बैठकमा सहभागी हुनेछन् । केही दिनमै केन्द्रीय कमिटीको बैठक पनि बस्ने जनाइएको छ ।
आजको छलफलमा अध्यक्ष ओलीले आफूले पार्टीका सबै नेतालाई समान व्यवहार गर्ने, पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार रहेको र नेताहरूलाई पुरानै जिम्मेवारी दिन तयार रहेको बताएका थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने