झापा । झापामा झुण्डिएको अवस्थामा ८ महिने शिशुसहित दम्पती मृत फेला परेका छन् ।
जिल्लाको कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुंगाले जनाएको छ ।
उनीहरू घरको कोठा भित्र पासो लागेर झुन्डिएको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ। आमा छोरी एउटा पासोमा र बाबु अर्को पासोमा झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो।
घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको प्रहरीले जनाएको छ ।
मृतक रविन केही दिनअघि विदेश जान भनेर काठमाडौँ गएका थिए। तर साउन ३१ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनी झापा फर्किएर होम क्वारेन्टीनमा बसेको खुलेको छ।
आत्महत्या गर्नुपर्ने कारण भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम